२१ जेठ २०८३, बिहीबार

ओलीको टिप्पणी- क्या बहादुर सरकार ! दाइने खुट्टाले ब्रेक लगाएर १४ सय सडक झ्याप्प

ओलीको टिप्पणी- क्या बहादुर सरकार ! दाइने खुट्टाले ब्रेक लगाएर १४ सय सडक झ्याप्प
फाइल तस्वीर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले अगाडि बढाएका १४ सय रणनीतिक सडकको काम स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । 

सरकारको छाँटकाँट ढाँचा काँचा हेर्दा अहिले ग्रहण लागेको जस्तो अशुभ देखिएको ओलीको टिप्पणी छ । 

मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतसार्दूल’को मंगलवार काठमाडौंमा विमोचन गर्दै ओलीले जनताको सडक रोकेर प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका हुन् । 

‘रणनीतिक सडकसमेत १४ सय सडक बन्द गर्ने क्या बहादुर सरकार ! अघिको सरकारले १४ सय सडक बनाउँछु भन्यो, दाइने खुट्टाले ब्रेक लगाएर झ्याप्प । केपी ओलीको फुर्ती रोकियो भनेका होलान्,’ ओलीले भने । 

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको समय बर्बाद गर्ने काम मात्र गरिरहेको आरोप लगाए । ‘शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकार, यसमा रंगीबिरंगी समूह छन्, उहाँहरूले पायो भने भ्यागुताले फुल्लाएजस्तो सरकार फुल्याउनु हुन्थ्यो होला, तर संविधानले २५ जना भन्दा बढी मन्त्री राख्न नपाउने व्यवस्थाले उहाँहरूलाई समस्यामा पारेको छ,’ ओलीले भने, ‘कार्यकाल छ सवा वर्ष । २० प्रतिशत भाग मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै गयो । खाली चिन्ता हो, देशको बहुमूल्य समय बर्बाद भयो ।’

salt training

कमेन्ट गर्नुहोस्