
मान्छे मेहनतबाट आफ्नो लक्ष्यमा पुग्नसक्छ तर कतिपय अवस्थामा लक्ष्यमा पुग्न केही ढिला भने हुनसक्छ ।
भारतको हैदराबादकी रजनीले विज्ञान विषयमा स्नातकोत्तर तह अर्थात् एमएस्सी उत्तीर्ण गरेपछि सफाइकर्मीको काम गर्नुपर्यो । उनले आफ्नो पढाइसँग सम्बन्धित कुनै रोजगारी नपाएपछि सफाइकर्मी बन्नुपरेको थियो ।
विवाह भएर २ बच्चा भइसकेकी रजनीले घर खर्च चलाउन काम नगरी नहुने अवस्था थियो । तसर्थ उनी सफाइकर्मीको काम गर्न पनि बाध्य थिइन् ।
तर जब रजनीको मेहनत र कामलाई तेलंगानाका नगर प्रशासन मन्त्री केटी रामा रावले देखे, तब उनलाई उचित रोजगारी दिइएको छ । रजनीलाई ग्रेटर हैदराबाद नगर निगम (जीएचएमसी) मा सहायक किट वैज्ञानिकको जागिर दिइएको छ ।
रजनीलाई मन्त्रीको पहुँचसम्म पुर्याउने मुख्यसचिव अरविन्द कुमारले रोजगारीबारे ट्विटरमा लेखेका छन् । रजनीको जन्म एक किसान परिवारमा भएको थियो । उनी लगातार मेहनत गर्दै वैज्ञानिकको जिम्मेवारीसम्म पुगेकी छन् ।