०३ असार २०८३, बुधबार

न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसले बोल्ने ? : ओली

न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसले बोल्ने ? : ओली
फाइल तस्वीर।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

मंगलवार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेत शार्दूल सार्वजनिकीकरण कार्यक्रममा ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताए । 

उनले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए । 

‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए बाबा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबारलाई पनि वितरण गरिदिएको छ ती पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन्,’ उनले भने, ‘हामीलाई कुनै टाउको दुखेको होइन । यति धेरै पदकहरू त कहिले पनि बाँडिएको थिएन होला । रत्नपार्कमा बसेर वितरण गरिएको जस्तै छ क्या ह्वारह्वार । म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजीवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? चुपचाप । आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’

अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्