१२ असार २०८३, शुक्रबार

माधव नेपालको प्रतिवेदन : ओलीमा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच छ

माधव नेपालको प्रतिवेदन : ओलीमा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच छ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अबस्थामा रहेको बताएका छन् । मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेता नेपालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीमा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच रहेको दावी गरेका छन् ।

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको उल्लेख गर्दै नेता नेपालले प्रतिवेदनमा भनेका छन्, ‘ एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ । अर्को वाम लोकतान्त्रिक समीकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन् ।’

‘वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति’ उपशीर्षकको प्रतिवेदनमा उनले वाम लोकतान्त्रिक समीकरणमा सामेल राजनैतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भएता पनि यिनीहरूले लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर मोर्चाबन्दी गरी सहकार्य गरिरहेका उल्लेख गरेका छन् ।

‘यस मोर्चाबन्दी र सहकार्यलाई कम्तिमा पनि प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पु¥याउनुपर्ने आवश्यकता छ’, नेपालको भनाइ छ, ‘अब हामी संघीय तथा प्रदेश सरकारहरूमा पनि सामेल हुने छौँ र त्यहाँबाट जनताको सेवा गर्ने प्रयास गर्नेछौँ । हामी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिने छौँ ।’
पार्टी अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार र अपारदर्शीताको सख्त विरोधी रहने रहने उल्लेख गर्दै नेपालले नियमितता, सुशासन, शान्ति व्यवस्था, चुस्तदुरुस्तता, शीघ्रता, पारदर्शिता आदिमा पूर्ण प्रतिबद्ध रही यी मान्यतालाई व्यवहारमा उतार्न पूर्ण इमानदारिताका साथ लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

 


salt training

कमेन्ट गर्नुहोस्