०८ असार २०८३, सोमबार

कमेडी च्याम्पियनका उपविजेता बिक्की अग्रवालको ब्याग विमानस्थलमा हराएपछि...

कमेडी च्याम्पियनका उपविजेता बिक्की अग्रवालको ब्याग विमानस्थलमा हराएपछि...


कमेडी च्याम्पियन सिजन-२ का उपविजेता बिक्की अग्रवालको ब्याग विमानस्थलमा हराएकोमा प्रहरीले फेला परी बुझाएको छ ।

गत असोज तीन गते विमानस्थलको स्वर्णद्वार नजिकै ड्यूटी खटिएका प्रहरी कर्मचारीले कम्मरमा बोक्ने कालो रंगको व्याग फेला पारेका थिए ।

उक्त व्याग भित्र रहेको परिचय पत्रको आधारमा उनी बिक्की अग्रवाल भएको खुलेको विमानस्थल प्रहरीले जनाएको छ ।

उनलाई आज कार्यालयमा बोलाई सामान हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । ब्यागमा नेपाली रुपैयाँ, भारतीय मुद्रा, एम्पल वाच एक थान र एक थान इयरपड भेटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्