
सुन्दा अनौठो लाग्ला, पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निजी निवास रत्न मञ्जिलमा खानेपानीको समेत व्यवस्था छैन । सरकारी धारा काटिएका छन् । नागार्जुनबाट ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता छ । करिब १२ जना नानीबजै (सुसारे) राखेर बसेकी पूर्व मुमा बडामहारानी रत्नको मञ्जिलमा अहिले दैनिक दुई ट्याङ्कर पानी खर्च हुने गरेको छ ।
मासिक करिब ८३ हजार रुपियाँ मात्रै पानी किन्नमै खर्च हुने बताउँदै पूर्व मुमा बडामहारानी रत्नका निजी सचिव शम्भु अधिकारीले नेपाल भने– ‘यो त राज्यले अचाक्ली नै गर्यो । पूर्वराजपरिवारको हैसियतमा सबै सुविधा कटौती गरेर उहाँलाई अन्याय गरेको छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।