
नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्याउने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने नीति लिएको छ ।
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टीको राष्ट्रिय सम्मेलनअघि ४ लाख संगठित सदस्य संख्या थपेर हाल कायम रहेको ६ लाखबाट बढाएर पार्टीले दश लाख संगठित सदस्य पुर्याउने लक्ष्य लिएको बताए। केन्द्रमा केही नेताहरूले पार्टी छोडे पनि तल्ला कमिटीमा खासै असर नपरेको दाबी गर्दै पौडेलले भने– ‘पार्टीलाई एक नम्बर बनाउने गरी योजना तयार पारेर अघि बढ्ने पार्टीको अहिलेको नीति हो ।’नेपाल समाचारपत्रमा खबर छ ।