३१ जेठ २०८३, आइतबार

बागलुङमा बाढीले दुई घर पुरिए

असोज ६, २०७८
बागलुङमा बाढीले दुई घर पुरिए

बागलुङको ढोरपाटन नगरपालिका-२ तारीखेतमा गएराति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् ।

बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । 

बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्