२४ जेठ २०८३, आइतबार

धनी देशमा १० करोड खोप कुहाएर राखिँदै, गरीब देशलाई अभाव

असोज ६, २०७८
धनी देशमा १० करोड खोप कुहाएर राखिँदै, गरीब देशलाई अभाव

धनी देशहरूले जम्मा गरेर राखेको १० करोड कोभिड खोप यस वर्षको अन्त्यसम्ममा बर्बाद हुने भएका छन् । 

साइन्टिफिक इन्फर्मेसन यान्ड एनालाइटिक्स कम्पनी एयरफिनिटीको अनुसन्धानले यो कुरा पत्ता लगाएको हो । अनुसन्धानका अनुसार, उत्तरी गोलार्धमा धनी देशहरूले स्टक गरेर राखेको १० करोड खोप डिसेम्बर २०२१ सम्म उपयोग नगरिएमा नष्ट हुनेछन् । 

दश करोड खोपमा ४१ प्रतिशत युरोपेली संघ र ३२ प्रतिशत अमेरिकासँग छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले आयोजना गर्न लागेको खोप शिखर सम्मेलनमा बाँकी रहेको खोपको डोजका विषयमा योजना बनाउने सम्भावना छ । सन् २०२२ को अन्त्यसम्म महामारीलाई समाप्त पार्नका लागि संसारभरि खोप अभियानलाई प्रोत्साहन गर्नु उक्त भर्चुअल सम्मेलनको उद्देश्य हो । 

संसारभरि दिइएका कोरोना खोपको ५.७ अर्ब डोजमध्ये २ प्रतिशत मात्र अफ्रिकामा छ । 

एयरफिनिटीको भविष्यवाणी अनुसार, खोप प्रवाहमा तीव्रता नदिइएमा अर्को वर्षको गर्मीसम्ममा १० करोड कोभिडको केस बढ्नेछ । अनि भेन्टिलेटर र अक्सिजनको कमीका कारण थप १० लाख मृत्यु हुन्छ । 

धनी मुलुकले थुपारेर राखेको खोप बिग्रेर जाने अनि गरीब मुलुकका मानिस मर्ने स्थिति आउनेछ । 

salt training

कमेन्ट गर्नुहोस्