
केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारवाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मगलवार पनि गरेको यस्तै कारवाहीमा परी १२ जना हुथी विद्रोहीहरू मारिएको बताइएको छ । सो सेनाले गत सोमवार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारवाही गरेको थियो ।
सो सेनाले हुथी विद्रोहीहरू रहेका स्थानहरूको पहिचान गरी उक्त मारिब प्रान्तमा गरेको हवाई कारवाहीमा परी मंगलवार १२ जनाको ज्यान गएको बताइएको छ । त्यसै गरी सो क्षेत्रमा हुथीहरूका कार्यालय रहेका स्थानहरूलाई पनि सेनाले ध्वस्त बनाएको बताइएको छ ।
सोमवार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको बताइएको थियो । यमन सरकारको सेनाले मंगलवार दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठूलो संख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।
उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीहरूले अखडा जमाउन थालेको बताइएको छ ।