२८ जेठ २०८३, बिहीबार

तीनवटा प्रदेशका ३५ जिल्लामा उम्मेदवारी दर्ता आज

कात्तिक २०, २०७४
तीनवटा प्रदेशका ३५ जिल्लामा उम्मेदवारी दर्ता आज
काठमाडौं, ४ असार–दोस्रो चरण अन्तगएत आगामी १४ असारका लागि तीन प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदै छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार बिहान ८ बजेदेखिँ दिउँसो ४ बजेसम्म उम्म्ेदवारी दर्ता हुनेछ ।
निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि निर्वचन हुन लागेको हो । ती स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।

आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

निर्वाचनका क्रममा उम्मेदवारी मनोनयदेखि मतगगणनासम्मका कार्यमा आबरोध सिर्जना गर्ने, भड्काउने, बाधा खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षा कर्मीले त्यस्ता गतिविधिलाई निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने आयोगले जनाएको छ ।

दोस्रो चरण अन्तर्गत असार १४ मा हुने भनिएको दुई नम्बर प्रदेशको चुनाव असोज २ का लागि हुने भएपछि दुई नम्बरमा भने चुनावको मनोनयन आज हुने छैन ।

तर, राजाले भने पाँच नम्बर प्रदेशका तीन जिल्लामा पनि निर्वाचन रोक्न माग गरेको छ । त्यसको विरोधमा शनिबार नवलपरासिमा भएको विराध सभामा गोली चल्दा ५ जना राजपाका कार्यकर्ता घाइते भएका छन् । जसका कारण आज हुने मनोनयन दर्तामा त्यसको प्रभाव पर्ने अनुमान गरिएको छ । र, उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो पनि पढ्नुहोस्

यसरी भयो नवलपरासी घटना, राजपाका कार्यकर्ताले एमालेको टिसर्ट जलाउँदा प्रहरीले चलायो गोली

salt training

कमेन्ट गर्नुहोस्