×

NMB BANK
NIC ASIA

राजनीतिक प्रतिशोध र कुत्सित उद्देश्यबाट मलाई झूटा मुद्दा लगाइयो : नेता गच्छदार

असोज ६, २०७८

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूलाई राजनीतिक प्रतिशोध र कुत्सित उद्देश्यबाट ललिता निवास जग्गा प्रकरणमा झूटा मुद्दा लगाइएको आरोप लगाएका छन् ।

Muktinath Bank

उनले बुधवार पत्रकार सम्मेलन गरी जीवनभर प्रजातन्त्र र नागरिक स्वतन्त्रताका लागि निरन्तर क्रियाशील व्यक्तिको सार्वजनिक जीवन समाप्त पार्ने षड्यन्त्रका साथ सो मुद्दा लगाइएको टिप्पणी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियार दुरुपयोेग अनुसन्धान आयोेगले ललिता जग्गा प्रकरणमा उनी समेतलाई प्रतिवादी बनाई २०७६ साल माघ २२ गते विशेष अदालतसमक्ष मुद्दा दायर गरेपछि आज पहिलो पटक उनले सो मुद्दा सम्बन्धमा आफ्ना धारणा, प्रतिक्रिया र दृष्टिकोण सार्वजनिक गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

उनी विशेष अदालतमा २०७८ असार ३० गते हाजिर भएका थिए भने अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो ।  

Vianet communication

उनले भने, ‘मेरो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त गर्ने कुत्सित उद्देश्यबाट रचिएको षड्यन्त्रको फलस्वरूप आयोग प्रयोग भएको मैले आज भन्नुपर्दा अतिशयोक्ति हुँदैन । मलाई आरोप पत्रमा लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजात अध्ययन गरिएमा मेराविरुद्ध लगाइएका आरोप केवल षड्यन्त्र मात्र हो भन्ने कुरा पुष्टि हुनेछ ।’

प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना आफू भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलादेखि नै प्रारम्भ भएको नेता गच्छदारले जानकारी गराए । सो गुरुयोजना कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशअनुसार प्रक्रिया अगाडि बढेकामा उनले फाइलको टिप्पणीबमोजिम प्रस्तावउपर निर्णय गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेशसम्म गरेको स्पष्ट पारे ।

‘उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मतरूपमा पारित भई कार्यान्वयन अगाडि बढेको हो । यस्तो मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा विभागीयमन्त्रीको हैसियतले प्रस्तावसम्म पेश गर्ने मउपर मात्रै मुद्दा चलाइएको तथ्यले आयोगले मउपर पूर्वाग्रह राखेको प्रमाणित गर्दछ,’ उनले भने ।

उनले आजसम्म राष्ट्रलाई हानिनोक्सानी पुग्ने र आफूलाई मात्र लाभ हुने कुनै पनि गैरकानूनी कार्य नगरेको दाबी गर्दै आफूले सेवा र समर्पणसहित राजनीति गरेको बताए । विक्रम संवत् २०४८ सालदेखि पटक–पटक मन्त्री र उपप्रधानमन्त्री पदमा रहँदा पनि आफूले कानूनले दिएको सुविधाबाहेक नियमविपरीत कुनै पनि लाभ नलिएको उनको भनाइ थियो ।

विक्रम संवत् २०७२ जेठ २५ गते प्रमुख राजनीतिक दलहरूबीच १६ बुँदे सहमति भएको र त्यसले ‘डेडलक’को अवस्थामा पुगेको राष्ट्रिय राजनीतिलाई निकास दिएको भन्दै उनले तत्कालीन प्रमुख ४ दलका शीर्ष नेताको तर्फबाट आफूले उल्लेखनीय भूमिका निर्वाह गरेको स्मरणसमेत गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x