२२ असार २०८३, सोमबार

टाटा कमर्शियल भेहिकलको सर्भिस क्याम्प, ५२ वटा सर्भिस सेन्टरमा हुने क्याम्पमा छुटैछुट

टाटा कमर्शियल भेहिकलको सर्भिस क्याम्प, ५२ वटा सर्भिस सेन्टरमा हुने क्याम्पमा छुटैछुट

सिप्रदी ट्रेडिङले टाटाको कमर्शियल भेहिकलका लागि देशभर सर्भिस क्याम्प संचालन गरेको छ।

दसैंलाई लक्षित गर्दै टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प देशभरका ५२ वटा सर्भिस सेन्टरमा एकै साथ आयोजना भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सोमबारदेखि संचालन भएको सर्भिस क्याम्प असोज २० गतेसम्म चल्नेछ। कम्पनीका अनुसार क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट, ब्रेक आइटममा १५ प्रतिशत छुट र लुब्रिकेन्ट्समा १५ प्रतिशत छुट हुनेछ।

कम्पनीले हाइड्रोलिक आयल, ब्रेक आयल, कल्च आयल, कुलेन्ट तथा डीइएफमा २० प्रतिशत र ब्याट्रीमा २० प्रतिशत छुट दिने जनाएको छ। कम्पनीले अनलाइन परामर्श र चालक प्रशिक्षण कार्यक्रम समेत राखेको जनाएको छ।

कम्पनीले वम्पर उपहारमा स्मार्ट मोबाइल, टिभी, फ्रिज र वासिङ मेसिन दिने जनाएको छ। कम्पनीले लामो समयदेखि चल्न नपाएका लामो दुरीका बस तथा स्कुल बसको विशेष चेकजाँच गर्ने जनाएको छ।

सर्भिस क्याम्पको बुकिङका लागि ९८०१२२२३३४४मा मिसकल गर्न वा टोली फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्