२५ जेठ २०८३, सोमबार

बाबुराम भन्छन् लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन

कात्तिक २०, २०७४
बाबुराम भन्छन् लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन
काठमाडौं, १५ पुस–संनयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधानमा छ्ट्न गएका विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही दलका नेता पछि हट्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै संयोजक भट्टराईले भनेका छन् ,‘संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिराखेका छन् ।’ भट्टराईले यसको फाइदा उठाउँदै अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरुले जनतामा भ्रम छर्न प्रयत्न गरेको उल्लेख गरेका छन् ।

उनले राजनीतिक अस्थीरता र दलहरुको असफलताले निराश बनाएको बेला जो–कसैले दल र राजनीतिलाई गाली गरिदियो भने क्षणिक आनन्द त हुन सक्ला तर त्यो समाधान नहुने बताए । संयोजक भट्टराइले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

उनले संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाउदै लोकतन्त्रलाई अझ उन्नत बनाऔं सबैमा अपील गरेका छन् ।

हिजोका आफ्नै प्रतिवद्धताबाट पछि हट्ने दुस्साहस गर्दा त्यसले कालान्तरमा समस्या ल्याउने उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर संविधान संशोधन मार्फत संविधानमा रहेको अपूर्णतालाई पूर्णता दिनुपर्ने भट्टराईको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्