२३ जेठ २०८३, शनिबार

विमानस्थलमा सुनका बाला संकलन गर्ने समूहका व्यक्ति पक्राउ

विमानस्थलमा सुनका बाला संकलन गर्ने समूहका व्यक्ति पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका बाला संकलन गर्ने समूहका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

दुबईबाट मगाएर संकलन गरेको ३०० ग्राम सुन महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

मंगलवार अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट चितवन घर भएकी रेणुका पाठकलाई प्रहरीले पक्राउ गरेको थियो । ४९ वर्षीय पाठकको साथबाट ५० ग्राम बराबरका ४ वटा सुनका बाला बरामद थियो ।

बुधवार १०० ग्रामका २ वटा बालासहित थप ४ जना पक्राउ परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्