२२ जेठ २०८३, शुक्रबार

सुरक्षा संवेदनशील क्षेत्रमा प्रहरीको उच्च सतर्कता

कात्तिक २०, २०७४
सुरक्षा संवेदनशील क्षेत्रमा प्रहरीको उच्च सतर्कता
काठमाडौं ४ असार–आगामी १४ गते हुने दोस्रो चरण अन्तर्गतको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनका क्रममा हुन सक्ने अबरोधलाई मध्यनजर गरेर नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले उम्मेदवारी मनोनयन प्रभावित गर्न सक्ने भन्दै प्रदेश नम्बर १ का मोरङ र सुनसरी तथा प्रदेश नम्बर पाँचका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ ।

उम्मेदवारी मनोनयनका प्रभावित हुन नदिन सुरक्षा संवेदनशील मानिएका स्थानमा सुरक्षाकर्मीको बाक्ले उपस्थिती गराइएको प्रहरी उच्च स्रोतले जनाएको छ । ‘उम्मेदवारी मनोनयनका क्रममा आउनसक्ने अबरोध हटाउन निर्देशन दिइएको छ’ प्रहरीका वरिष्ठ अधिकारीले लोकान्तरसंग भने । मनोनयनको अघिल्लो दिन नवलपरासीमा राजपा र प्रहरीबीच झडप भएको थियो ।

संविधान संशोधन नभएसम्म चुनावमा सहभागि नहुने बताएका राजपाले पाँच नम्बर प्रदेशमा उम्मेदवारी मनोनयन प्रभावित गर्ने तयारी गरेको छ ।

उम्मेदवारी मनोनयन गर्न राजपाले तराइ, मधेश र थरुहट क्षेत्रमा बन्दको आह्वान गरेपनि बन्दको प्रभाव नदेखिएको प्रहरीले बताएको छ । नवलपरासिमा मनोनयन दर्ताको अघिल्लो दिन राजपाले आयोजना गरेको कार्यक्रममा झडप हँुदा पाँच जना घाइते भएसँगै मनोनयन दर्तास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्