२३ जेठ २०८३, शनिबार

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो

असोज ७, २०७८
नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले बढेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक २.७० अंकले बढेर २ हजार ८१९.६५ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५३०.०२ मा उक्लिएको छ । कूल २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए ।

बिहीवारको कारोबारपछि बजार पुँजीकरण ३९ खर्ब ४७ अर्ब १५ करोड ७ लाख ९० हजारको हाराहारीमा पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीवार २ उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अंकले उकालो लागे । केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो ।

व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ विन्दुले ओरालो लागेको छ ।  

कारोबारका आधारमा बिहीवार सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो । नेपाल बैंक २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक २३ करोड ८६ लाख ८८ हजार ६०३, नेसनल हाइड्रोपावर २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्राइम लाइफ इन्स्योरेन्स ६.१३, नेपाल बैंक ५.५१, नेपाल बंगलादेश बैंक ५.३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन् । 

हिमालयन पावर पार्टनर ५.०९, यूनियन हाइड्रोपावर ५.०५, शिव श्री हाइड्रोपावर ४.६७, अरुण भ्याली हाइड्रोपावर ४.३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतले गुमाए । 

salt training

कमेन्ट गर्नुहोस्