
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘विनियोजन विधेयक २०७८’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’
बजेट प्रमाणीकरण भएसँगै सरकारले खर्च गर्न पाउने भएको छ । यसअघि निवर्तमान सरकारले ल्याएको बजेट अध्यादेश निष्क्रिय भएसँगै बजेट ‘होलिडे’ भएको थियो ।
