×

NMB BANK
NIC ASIA

कोरोनापछि कला क्षेत्रलाई पुनर्जीवन दिन १५ दिने प्रदर्शनी

असोज ८, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा प्यागोडा ग्रूपले १५ दिने कला प्रदर्शनी शुरू गरेको छ ।

Muktinath Bank

ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीवारदेखि शुरू भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदर्शनीको शुरूआत गर्दै फाउन्डेसनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै गएकाले माध्यमिक तहदेखि नै यस्ता विषयलाई प्राथमिकताका साथ पाठ्यक्रममा राखिनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

साना विद्यार्थीलाई सानैदेखि चिकित्सक, इञ्जीनियरमात्र नभएर कला, संस्कतिका साथै अनुशासन सिकाउने शिक्षको आशा रहेको उनको भनाइ थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले बालबालिकालाई चित्रकलामा आकर्षित गर्न १–१० कक्षासम्मको पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

एउटा घरमा एउटा चित्रकला राख्ने गरी प्रतिष्ठानले अभियान चलाउन लागेको उनको भनाइ थियो । नेपाली कला कमजोर नरहेको उल्लेख गर्दै राजभण्डारीले ठाउँमा लैजान भने नेपाल चुकेको बताए । कलालाई ठाउँमै लैजाने गरी प्रतिष्ठानले काम गरिरहेको उनको भनाइ थियो ।

कुण्डलिनी आयुर्वेद केन्द्रका सञ्चालक प्रमोद पौडेलले केन्द्रमा आर्ट ग्यालरी स्थापना गरी पहिलोपटक १५ दिने कला प्रदर्शनी गरिएको जानकारी दिए ।

प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङविक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषिमा र रुद्रबहादुर पुनका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x