०८ साउन २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै
फाइल फोटो

विधान महाधिवेशनमा पेश हुन प्रतिवेदनमाथि छलफल गर्न आज शुक्रवार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

शनिवारसम्म चल्ने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

केन्द्रीय कमिटी बैठकमा आगामी असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।

यसअघि स्थायी कमिटी बैठकले प्रस्ताव पारित गरिसकेको छ । केन्द्रीय कमिटीले पारित गरेका प्रस्ताव विधान महाधिवेशनमा पेश गरिने छन् ।

salt training

कमेन्ट गर्नुहोस्