११ साउन २०८३, सोमबार

हेलिकप्टरमा खुम्बु पुगेर इन्दिराको इन्गेजमेन्ट !

हेलिकप्टरमा खुम्बु पुगेर इन्दिराको इन्गेजमेन्ट !

गायिका इन्दिरा जोशी र उनका प्रेमी शरद केडियाले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका छन् । 

फेसन डिजाइनर शरदले इन्दिरालाई खुम्बुमै पुगेर इन्गेजमेन्टको औँठी लगाइदिएका थिए । सो देखेर इन्दिरा ‘सरप्राइज’ भएकी थिइन् । 

फिल्मी शैलीमा घुँडा टेकेर शरदले औँठी लगाइदिएका थिए । इन्दिराले पनि शरदको प्रस्तावलाई स्वीकारेकी छन् । 

अहिले शरदले इन्दिरालाई औँठी लगाइदिँदै गरेको भिडियो भाइरल भइरहेको छ । 

उनीहरू सगरमाथाको आधार शिविरमा बिहीवारबाट शुरू भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्