३० असार २०८३, मंगलबार

कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू हुने, जिल्ला अधिवेशन भने अन्योल

कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू हुने, जिल्ला अधिवेशन भने अन्योल

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको पालिका अधिवेशन शनिवारदेखि शुरू हुने भएको छ । 

क्रियाशील सदस्यता विवाद टुंगिएर वडा अधिवेशन भइसकेका ६४ जिल्लामा शनिवारदेखि पालिका अधिवेशनको प्रक्रिया शुरू हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

संसदीय दलको कार्यालय सिंहदरवारमा शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा पालिका अधिवेशन रोक्न नहुने निर्णय गरेको हो । 

‘९ गतेका लागि निर्धारित पालिका अधिवेशन पूर्वनिर्धारित समयमा गर्न निर्देशन दिइसकेका छौं । असोज ९ गते नै हुन्छ, कहीँ उम्मेदवारी दर्ता होला कहीँ प्रक्रिया शुरू होला । स्थानीय आवश्यकता बमोजिम पार्टीसँग सल्लाह गरेर पालिका अधिवेशन शुरू हुन्छ,’ प्रवक्ता शर्माले भने । 

प्रदेश सभाको क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन तथा जिल्ला अधिवेशन सकेसम्म एउटै मितिमा गर्ने गरी निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउने कांग्रेसको तयारी छ । 

प्रवक्ता शर्माले हिमाली जिल्लामा दशैं अगावै जिल्ला अधिवेशन सम्पन्न हुने बताए । १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद नटुंगिएका कारण अन्य अधिवेशन प्रभावित हुने भए पनि केन्द्रीय महाधिवेशन भने समयमै सम्पन्न हुने प्रवक्ता शर्माले दाबी गरे । 

‘मंसिरको महाधिवेशन पर सार्नुपर्ने भएमा केन्द्रीय समितिमा छलफल गर्छौं, तर केन्द्रीय समितिमा महाधिवेशन सार्ने कुरा छलफलमा छैन । महाधिवेशन सार्नुपर्ने अवस्था पनि छैन,’ शर्माले भने । 

salt training

कमेन्ट गर्नुहोस्