३१ असार २०८३, बुधबार

पूर्वी तरार्इमा चुनावी चहलपहलः मनोनयन दर्तामा जुटे दलहरू

कात्तिक २०, २०७४
 पूर्वी तरार्इमा चुनावी चहलपहलः मनोनयन दर्तामा जुटे दलहरू
इटहरी, ४ असार । असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मनोनयन दर्ताको दिन आज पूर्वका महागनर तथा उपमहानगरहरुमा चुनावी चलहपहल बढेको छ ।

विहान अाठ बजेबाट बेलुका चार बजेसम्म समय तोकिएको उम्मेदवारहरुको मनोनयन दर्ताको लागी पुर्वको एक्लो महानगर विराटनगर र दुर्इ उपमहानगर धरान र इटहरीमा चुनावी सरगर्मी बढेर गएको छ ।

चर्को गर्मिका बाबजुद पनि विराटनगर र इटहरीमा दलहरुले सिटी रिक्सा र गाडिहरुमा आफ्नो झण्डा, चुनाव चिह्न र उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै सहर परिक्रमा गराइरहेका छन् । तुलनात्मक रुपमा कम गर्मि हुने धरानमा चुनावी गर्मि भने बढेर गएको छ । प्रहरीले पनि निर्वाचन सतर्कता बढाएर ठाँउठाँउम सुरक्षाकर्मिहरु खटाएको छ ।

कतै मनोनयनको लागी दलका चुनावी झाँकिहरु तयार छन त कतै नमुना मतदान गर्दै दलहरुले आफ्ना भोटर्सलाइ चुनावी तरिका पढाँउदै छन ।

साना दल र स्वतन्त्रलाइ सुरुमा दर्ता समय

सुनसरीका धरान र इटहरीमा साना दल र स्वतन्त्रलाइ दर्ता समय दिइने दलहरुविच सौदान्तिक सहमति भएको छ । जस अनुसार इटहरीमा विहान आठ बजेबाट बाह बजेसम्म राप्रपा, साझा पार्टी र स्वतन्त्रहरुलाइ मनोनयनको समय छुट्याइएको छ भने बाह्र बजेबाट एक बजेसम्म फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमलाइ, एक बजेबाट पौने दुइ बजे सम्म नेपाली कांग्रेसलाइ र दुइ बजेपछि उता एमालेलाइ दलहरुको सहमति अनुसार समय दिइएको इटहरीमा खटिएका निर्वाचन अधिकृत भरतमणि रिजालले बताए ।

धरानमा पनि दलहरुको मनोनयन दर्तामा असहज नहोस भनेर विभिन्न दलहरुमा छुट्टा छुट्टै समयमा मनोनयनको सयम लिने सहमति भएको त्यहाँका निर्वाचन अधिकृत जय महतले बताए । उनका अनुसार आठ बजेबाट बाह्र बजेसम्म स्वतन्त्र र साना दलहरुले मनोनयन गर्नेछन भने बाह्र बजेबाट एक बजे सम्म नेपाली कांग्रेस, एक बजेबाट दुइ बजे सम्म माओवादी केन्द्र तथा दुइ बजेपछि नेकपा एमालेले मनोनयन दर्ताको समय पाएका छन् ।

यसैगरि विराटनगरमा पनि विभिन्न दलहरुले भिन्नभिन्न समयमा मनोनयन दर्ता गर्दैछन । एमाले र लोकतान्त्रिक फोरमाले दुइ बजेबाट गर्ने मनोनयन सकेर नेपाली कांग्रेसले तीन बजेबाट चार बजे भित्र मनोनयन दर्ता गर्ने शैदान्तिक सहमति भएको छ । दुइ बजे अगाडि राप्रपा, ममाजवादी फोरम, माओवादी तथा अन्य साना र स्वतन्त्र दलहरुले मनोनयन गर्ने सहमति भएको एमाले विराटनगरका महानगर अध्यक्ष सागर थापाले बताए ।
मनोनयको समयमा हुने र्यालिहरुले भिडभाड हुने त्यसले निम्त्याँउने संभावित खराब नतिजा बाट बच्न सबैलाइ समय छुट्याएको दल प्रतिनिधिहरु तथा निर्वाचन अधिकृतहरु बताँउछन ।

यी हुन महानगर र उपमहागनरका मेयर र उपमेयरका उम्मेदवार

धरानमा कांग्रेसले मेयर र उपमेयरमा क्रमशः तिलक राइ र श्यामा रेग्मिलाइ उठाँउदैछ भने एमालेले तारा सुब्बा र मन्जु भण्डारीलाइ मेयर र उपमेयरमा उठाँउदैछ । संघिय समाजवादीसँग चुनावी गठबन्धन गरेको माओवादी केन्द्र धरानले मेयरमा केन्द्रका आइन्द्र बिक्रम बेघा तथा उपमेयरमा समाजवादी फोरमका पारश कामबांङलाइ उठाँउने पार्टी नेताहरु बताँउछन ।

यता इटहरीमा भने कांग्रेसले मेयरमा रोहित प्रसाँइ र उपमेयरमा विमला ढकाललाइ उठाँउदैछ । एमाले बाट भने मेयरमा द्धारिकलाइ चौधरी र उपमेयरमा लक्ष्मि गौतम उठ्दैछिन । माओवादी केन्द्रले भने हरिमाया जिमी र सागर सुवेदीलाइ क्रमशः मेयर र उपमेयरमा उठाँउने कुरा छ । राप्रपा इटहरीले रोहित कार्की र माया रायमाझीलाइ मेयर र उपमेयरमा उठाँउदैछ । नयाँ शक्ति र समाजवादी फोरमको चुनावी तालमेल भएको इटहरीमा सो गठबन्धनले मेयरमा को उठाँउने भन्ने टुंगो यो समाचार तयार गर्दाको विहानको नौ बजे सम्म लाएको छैन भने उपमेयरमा भने यमुना गरागाइ उठ्दैछिन । साझा पार्टीका तर्फवाट मेयरमा डा तारा काफ्ले र उपमेयरमा प्रकाशचन्द्र परियारले उम्मेलवारी दिदैछन् ।

पुर्वको एक्लो महानगर विराटनगरमा भने नेपाली कांग्रेसले मेयरमा भिम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाइ उठाँउने कुरा छ । लोकतान्त्रिक फोरमसँग गठबन्धन गरेको एमालेले भने लोकतान्त्रिककी रुचि चौधरीलाइ उपमेयर उठाएर विनोद ढकाललाइ मेयरमा उठाउने कुरा छ । माओवादी केन्द्र र संघिय समाजवादी फोरमको चुनावी तालमेल रहेको विराटनगरमा मेयरमा फोरमका उमेश यादव तथा उममेयरमा माओवादी केन्द्रका नमिता न्यौपाने उठ्ने कुरा छ । राप्रपाले पल्हाद प्रसाद शाहलाइ मेयरमा उठाँउने फानइल गरेपनि उपमेयरको टुंगो यो समाचार तयार पार्द सम्म लाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्