१३ असार २०८३, शनिबार
एमाले बैठक

१० बुँदे कार्यान्वयनबारे प्रश्न उठेपछि ओलीले भने– स्थायी कमिटीमा छलफल गरौं

१० बुँदे कार्यान्वयनबारे प्रश्न उठेपछि ओलीले भने– स्थायी कमिटीमा छलफल गरौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका जटिलता नेतृत्व तहमा छलफल गरेर टुंग्याइने बताएका छन् । 

शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा भीम रावल, झपट रावल लगायत केही सदस्यले १० बुँदे सहमतिअनुसार कतिपय ठाउमा जेठ २ को अवस्थामा फर्केर जिम्मेवारी दिइए पनि कतिपय ठाउँमा अन्याय भएको बताएका थिए । 

त्यसको जवाफमा ओलीले स्थायी कमिटी बैठकमा छलफल गरेर सहमति कायम गरिने बताएका हुन् ।

‘आवश्यकता अनुसार नेतृत्व तहमा छलफल गरेर कार्यान्वयन सहज गराउने भन्नुभएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।  

१० बुँदे कार्यान्वयन गरेर जेठ २ कै अवस्थामा फर्केपछि सुदूरपश्चिम प्रदेशको इञ्चार्ज आफूले पाउनु पर्ने भीम रावलको जिकिर छ । तर, ओलीले लेखराज भट्ट नै सुदूरपश्चिमको इञ्चार्ज भएको बताएपछि रावलले असन्तुष्टि जनाउँदै आएका छन् । 

भट्टराईले १० बुँदे सहमति कार्यान्वयन निमेषभरमा नहुने भन्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने बताए । 

‘पार्टी धेरै जटिल मोडबाट एकतामा फर्केको छ, पार्टीमा जटिल विषय थिए भन्ने कुरा लुकाएर लुक्दैन । १० बुँदे सबै ठाउँमा कार्यान्वयन हुँदैछ । पार्टीमा लामो समयदेखि उत्पन्न समस्या एकैपटक समाधान गर्न सकिन्छ भन्ने होइन,’ पत्रकारहरूको एक प्रश्नमा भट्टराईले भने, ‘केही ठाउँमा जटिलता देखिएका छ । तल पार्टीका काम अवरुद्ध भएका छन् । प्रतिनिधित्वका प्रश्न पनि बाँकी छन् । केही असहमति र विमति भए पार्टीभित्र छलफल गरेर निकास खोज्नु पर्छ ।’

असोज १५ देखि शुरू हुने विधान महाधिवेशनको तयारी स्वरूप शुक्रवार शुरू भएको एमाले केन्द्रीय कमिटी बैठक शनिवार दिउँसो १ बजे बस्ने गरी सकिएको भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्