इटहरी ४ असार– पार्टीले जनमतलाई भन्दा धनमतलाई ध्यान दिएर उम्मेदवारी घोषणा गरेको भन्दै एमालेका पुराना नेताले इटहरी उपमहानगरपालिाको वडामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्थानीय केशब बहादुर बस्नेतले आइतवार बिहान आठ नम्बर वडाबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । विसं २०४० सालदेखि एमालेको राजनीति गरेका बस्नेतले आफूमाथि पार्टीले अन्याय गरेको दावी गरे ।
‘पार्टीले जनमत भन्दा धनमत लाई महत्व दिएपछि स्वतन्त्र उम्मेदवारी दिएको हुँ’ उनले भने ।