०९ असार २०८३, मंगलबार

शेखर कोइरालाको प्रश्न : कतै पदाधिकारी तथा पूर्वपदाधिकारीले महाधिवेशन नचाहेको त होइन ?

शेखर कोइरालाको प्रश्न : कतै पदाधिकारी तथा पूर्वपदाधिकारीले महाधिवेशन नचाहेको त होइन ?
फाइल तस्वीर।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई महाधिवेशन नचाहेको त होइन भनेर प्रश्न गरेका छन् । 

‘पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो ?,’ उनले फेसबुकमा लेखेका छन्, ‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको ? कतै पदाधिकारी र पूर्व पदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन ? आशंका पैदा भएको छ। यो निर्णय सच्चिनु जरुरी छ ।’

उनले क्रियाशील विवाद भएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन शुरू हुन सकेन भन्दै नेतृत्वसमक्ष जवाफ मागेका छन् । 

‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो रु सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?,’ उनले लेखेका छन्, ‘अर्कोतर्फ  क्रियाशील सदस्यता बिवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन शुरू हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो ।’

salt training

कमेन्ट गर्नुहोस्