
एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङलाई नियुक्त गरेकोे छ ।
विगत ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरूमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङले आजदेखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल शुरू गरेका हुन् ।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहक छन् । देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा सञ्जाल, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।