०२ असार २०८३, मंगलबार

सुदूरपश्चिमको पहाडमा भूकम्पको धक्का

असोज ९, २०७८
सुदूरपश्चिमको पहाडमा भूकम्पको धक्का

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा शुक्रवार भूकम्प गएको छ ।

राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसूस गरिएको हो ।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २   रेक्टर स्केलको भूकम्प गएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्