×

NMB BANK
NIC ASIA

सफलता

वैदेशिक रोजगारीमा धोका पाएपछि घाँस खेती, वार्षिक १५ लाख कमाइ

असोज ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पहाडबाट तराई झर्दाको संघर्षमय जीवन यात्रा र वैदेशिक रोजगारीमा निकै हन्डर खाएका शंकरसिंह बिष्ट बल्ल सुखानुभूति गर्दैछन् ।

Sagarmatha Cement
Muktinath Bank

कैलालीको कैलारी गाउँपालिका–५ पवेराका ३३ वर्षीय बिष्ट छोटो अवधिमै कृषि व्यवसायबाट मिलेको सफलताले उत्साहित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकृत कृषि व्यवसायबाट वर्षमा २८ लाख रुपैयाँ बढीको कारोबार हुन थालेपछि उनी तथा उनको परिवार हाल थालेको व्यवसायबाट निकै नै उत्साहित भएका छन् ।


Advertisment
Nabil box
Kumari

बन्डोली एकीकृत कृषि फर्ममार्फत व्यावसायिक कृषि व्यवसाय थालेका उनले चालू वर्षमा मात्रै घाँस खेतीबाट २० लाख रुपैयाँ बढीको कारोबार गरेको बताए ।

Vianet communication
Laxmi Bank

फर्मको व्यवस्थापक रहेका बिष्ट भन्छन्, ‘व्यावसायिक रूपमा ६ विघामा रोपिएको घाँसबाट यो वर्ष करीब २० लाख रुपैयाँको कारोबार भएको छ । सम्पूर्ण खर्च कटाएर १५ लाख रुपैयाँ आम्दानी भयो ।’

२०७१ सालमा तराई झरेको बिष्ट परिवारले थालेको व्यवसायले दिनप्रतिदिन आकार लिँदै गएपछि उनीहरूले व्यवसायलाई झन्झन् गति दिएका छन् । जुन सफलताले बिष्ट परिवारले विगतमा गरेको संघर्ष तथा दुःखका ती घाउ पुरिँदै गएका छन् ।

बिष्ट परिवारको स्थायी घर दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ सरमोली हो । व्यावसायिक रूपमा केही इलम गर्नुपर्छ भनेर बिष्ट परिवार तराई झरेको थियो । शुरूमा बिष्टले कञ्चनपुरको महाकाली नगरपालिकामा व्यवसाय गर्ने योजना बनाएका थिए ।

तर व्यवसाय गर्ने वातावरण नबनेपछि उनी वैदेशिक रोजगारीका लागि दुबई हानिए । विदेशमा पनि सोचे जस्तो काम नपाएपछि उनी ३ महिनामै गाउँ फर्किए । 

‘मेनपावर कम्पनीमार्फत वैदेशिक रोजगारीको लागि गएँ,’ उनले भने, ‘सम्झौता एक किसिमको थियो, उता काम अर्कै थियो । काममा धोखा पाएपछि स्वदेशमै केही गरौंला भनेर फर्किए ।’ ३ जना विदेश गएको बताउँदै बिष्टले आफूहरूको ७ लाख २० हजार रुपैयाँ कम्पनीले डुबाएको पीडा सुनाउँछन् ।

वैदेशिक रोजगारीबाट हन्डर खाएपछि बिष्टले पहिल्यैदेखि सोचेको व्यवसाय कैलालीको कैलारी गाउँपालिका–५ पवेरामा शुरू गरे । बिष्टले २०७५ भदौदेखि व्यावसायिक घाँस खेती शुरूआत गरेका हुन् ।

बन्डोली एकीकृत कृषि फर्म दर्ता गरी शुरूमै जमिन भाडामा लिई उनले व्यावसायिक घाँस खेती शुरू गरे । १०/१० वर्षको लागि २ स्थानमा साढे ३ लाख रुपैयाँमा जग्गा भाडामा लिए उनले ।

‘पहिल्यैदेखि कृषि गर्छु भनेर लागेको थिएँ । पहाडमै तरकारी खेती गर्थें । दार्चुलाको गोकुलेश्वरमा २ वर्ष होटल चलाएँ । बारीमा रोपिएको तरकारीले नभएपछि तराई झरेर व्यावसायिक घाँस खेतीको शुरूआत गरें,’ उनले भने ।

‘चितवनबाट सुपर नेपियर जातको घाँसको बिउ खरिद गरी ५ कट्ठाबाट शुरूआत गरेको घाँस खेतीको विस्तार गर्दै १ विघा ५ कट्ठा पुर्‍याएँ,’ उनले भने, ‘हाल ६ विघामा सुपरनेपियर, सुम्बा सेटेरिया, पासपालम, किम्बु, भटमासे, गोदामे, जै, बरसीन, बाह्रै महिना, हिउँदे, वर्षीय, बहुवर्षीय लगायत घाँसको बेर्ना र बिउ उत्पादन गर्दै आएको छु ।’

आफ्नो उत्पादन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आपूर्ति गर्दै आएको बिष्ट सुनाउँछन् ।

‘घाँस खेतीमा सोचेजस्तै राम्रो भएको,’ फर्मकी सञ्चालक सुशीला विष्टले खुशी साटिन्, ‘यो वर्ष २० लाख रुपैयाँको घाँस बिक्री गरेका छौं । खर्च कटाएर १५ लाख बचत भएको छ ।’

मुख्यगरी घाँसको बिउ उत्पादन गर्दै आएका उनीहरू घाँसको डाँठ पनि बिक्री गर्दै आएका छन् । जसबाट दोहोरो फाइदा हुने गरेको सञ्चालक बिष्ट बताउँछिन् ।

उनले अगाडि थपिन्, ‘व्यावसायिक रूपमा गाई, भैंसी, बाख्रा, कुखुरा, माछापालन गर्ने कृषकहरूले घाँस गर्छन् भने घाउँको बिउ भने सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहले खरिद गर्दै आएका छन् ।’

घाँस खेतीसँगै बिष्ट परिवारले गाई र भैंसी पालेर दुग्ध उत्पादन, गड्यौला पालेर भर्मिक कम्पोस्ट मल उत्पादन पनि अगाडि बढाएका छन् ।

हालसम्म व्यवसायमा ३० लाख रुपैयाँ लगानी भएको बताउँदै बिष्टले आफूहरूको ९ जनाको परिवार नै स्वरोजगार भएको सुनाउँछिन् ।

पशुपालन पनि उत्साहजनक

फर्ममा १० वटा माउ भैंसी, २ वटा माउ गाई र पाडापाडी रहेका छन् । गाईभैंसीबाट दैनिक ४५ लिटरसम्म दुध उत्पादन हुँदै आएको छ । आफ्नै फर्म र अन्य कृषकबाट उत्पादित दूध संकलन गर्ने गरेको समेत व्यवस्थापक बिष्ट बताउँछन् ।

उनले दैनिक ६०–७० लिटर संकलन हुने दूध धनगढी बजारमा पुर्‍याउँदै आएको बताउँदै भने, ‘मेरो उद्देश्य उत्पादकदेखि उपभोक्तासम्म स्वच्छ र सफा दूध उपभोग गरौं भन्ने हो । सोही अनुसार उत्पादित दूध धनगढी बजारमा होम डेलिभरी गर्दै आएको छु ।’

बिष्टले चालू वर्ष गड्यौलाबाट करीब १८ क्वीन्टल भर्मिक कम्पोस्ट मल उत्पादन भएको बताउँछन् । १३ किलो बिउ गड्यौलाबाट व्यवसाय थालेको सुनाउँदै उनले मलको बजार पनि राम्रो भएको प्रतिक्रिया दिए ।

तराईमा १० कट्ठा जमिनको मालिक

एकीकृत कृषि व्यवसायबाट राम्रो आम्दानी भएपछि बिष्टले हाल १० कट्ठा जमिन समेत जोर्न सफल भएका छन् । खरिद गरेको जमिनमा व्यवसायको आकार बढाउँदै जाने बिष्टको योजना छ । यति मात्रै होइन, हाल दुग्ध पदार्थ संकलन गर्दै आएका बिष्टले डेरी उद्योग सञ्चालनको तयारीमा समेत जुटेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x