काठमाडौं, १५ पुस — अन्य ग्रहमा प्राणी छन् भनी विश्वास गर्नेहरूले मंगलग्रहमा कुनै प्रकारका प्राणी भएको दाबी गर्ने थप प्रमाण भेटेका छन् । मंगलग्रहमा चम्चा जस्तो वस्तु देखिएपछि उनीहरू उत्साहित भएका हुन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रोभर यन्त्रले खिचेको चम्चा जस्तो वस्तुको तस्वीर पृथ्वीमा पठाएको थियो ।
विगतका केही वर्षमा मंगलग्रहमा पाइएको यो दोस्रो चम्चा हो । यसलाई नै हेरेर मानिसहरू अन्य ग्रहको प्राणीका बारेमा उत्साहित छन् ।
औंठी र पञ्जा जस्ता वस्तु पनि मंगलमा पहिले भेटिएका थिए ।
तर केहीले भने यो कुरा चम्चा नै भएकोमा शंका गरे भने केहीले त्यहाँ चम्चा कसरी आयो होला भनेर अनुमान गरे ।
अर्काथरीले भने यो पत्थरको एक आकार मात्र भएको वा दृष्टिभ्रम भएको टिप्पणी गरे ।
मिरर युके