०३ असार २०८३, बुधबार

विदेशी पदक प्राप्त गर्न पाँच नेपालीलाई स्वीकृति

असोज १५, २०७८
विदेशी पदक प्राप्त गर्न पाँच नेपालीलाई स्वीकृति

 मन्त्रिपरिषद् बैठकले विदेशी पदक प्राप्त गर्ने सूचीमा परेका पाँच नेपालीलाई स्वीकृति प्रदान गरेको छ । विभिन्न देशले प्रदान गर्ने पदक नेपाली नागरिकले प्राप्त गर्ने भएको अवस्थामा त्यस्तो पदक प्राप्तिका लागि सरकारले स्वीकृति दिनुपर्ने व्यवस्था छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्युटीओको १२औं मन्त्रिस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णय गरेको पनि बताएका छन् । उनले सरकारले इन्टरपोलको ८९औं महासभामा भाग लिन स्वीकृत दिने निर्णय पनि भएको बताएका छन् ।

सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । राजधानी दैनिकमा  खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्