२३ जेठ २०८३, शनिबार

जंगली बँदेलको मासुसहित दुईजना पक्राउ

जंगली बँदेलको मासुसहित दुईजना पक्राउ

सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्क नजिकबाट ३३ किलो जंगली बँदेलको मासुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेको प्रहरीले जनाएको छ । 

स.१ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

बरामद मासुसहित उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्