१९ असार २०८३, शुक्रबार

'मलाई गाह्रो भएको छ' भन्दै ओलीले शंकर पोखरेललाई दिए राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मा

'मलाई गाह्रो भएको छ' भन्दै ओलीले शंकर पोखरेललाई दिए राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनमा आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मा सचिव शंकर पोखरेललाई दिएका छन् ।

प्रतिवेदन झण्डै आधाजसो पढिसकेपछि ओलीले पोखरेललाई जिम्मा दिएका हुन् । आफूलाई रुघाखोकी लागेकाले गाह्रो भएको भन्दै ओलीले पोखरेललाई जिम्मा दिइएको बताए ।

'मलाई अलिकति रुघाखोकीको कारणले .... (गाह्रो भएको छ), यो अझै लामो छ । यो प्रस्तुत गर्नका लागि कमरेड शंकर पोखरेललाई आग्रह गर्दछु । मेरो तर्फबाट उहाँले प्रस्तुत गर्नुहुन्छ,' उनले भने ।

ओलीले जिम्मा दिएपछि अहिले शंकर पोखरेलले प्रतिवेदन पेश गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्