२३ जेठ २०८३, शनिबार

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहितका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गर्दा सञ्चालनबापत भए गरेको काम भन्दा बढी रकम भुक्तानी गरिएको भन्दै आरोप पत्र शुक्रवार दर्ता गरिएको छ । 

अध्यक्ष मुक्तानका साथै कार्यक्रम सञ्चालन गर्ने फिलिंगो मिडियाका सञ्चालक राम कुमार रिजाल, उक्त गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

उनीहरू विरुद्ध जनही २ लाख ६० हजार ९०० रूपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचारविरुद्धको सजाय हुन माग दाबी लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्