
नेकपा एमालेको केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि झपट रावलले आफूले एमालेको जारी विधान महाधिवेशनको मुख्य हलमा कार्लमाक्स लेनिन पुष्पलाल मदन र मनमोहन खोजिरहेको प्रतिक्रिया दिएका छन् ।
शुक्रवारदेखि ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन शुरू भएको छ ।
एमालेले मुख्य हलको स्टेजमा कार्लमाक्स, लेनिन, पुष्पलाल मदन र मनमोहनको फोटो राखेको छैन।

स्टेजको ठिक अगाडि ब्यानरमा पुष्पलाल, मदन र मनमोहनको तस्बिर राखिएको छ।
मुख्य हलको स्टेजमा कार्लमाक्स लेनिन पुष्पलाल मदन र मनमोहन खोजिरहेको उनले प्रतिक्रिया दिए ।

