०२ असार २०८३, मंगलबार

कुलो खोज्दै अख्तियार

असोज १६, २०७८
कुलो खोज्दै अख्तियार

 अख्तियार  दुरुपयोग  अनुसन्धान  आयोगले  घट्टेकुलो  क्षेत्रमा  मिचिएको    राजकुलोको  विषयमा  अध्ययन  थालेको  छ  ।  काठमाडौँ  महानगरपालिका  साबिक  वडा नं. ३३ (हाल ३०) र साबिक वडा नं. ३२ (हाल २९) भएर बहेको यो कुलो तत्कालीन  सम्भ्रान्तले  लोप  गराई  निजी  कित्ता  जग्गा  कायम  गरेको  भन्ने  उजुरी  परेको छ ।

अख्तियारका  प्रवक्ता  नारायण  रिसालले यस विषयमा अध्ययन भइरहेको जानकारी  दिए । यसैगरी  मालपोत  कार्यालय  चाबहिल  प्रमुख  अलकबहादुर  खड्काले  पनि  चाबहिल  नापीमा  यस  विषयमा  अनुसन्धान  सहयोगका  लागि  लेखिपठाएको  बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्