३१ जेठ २०८३, आइतबार

कसरी बन्द गर्ने गुगल क्रोमको नोटिफिकेसन ?

कसरी बन्द गर्ने गुगल क्रोमको नोटिफिकेसन ?

हामी धेरैले गुगल क्रोम प्रयोग गरिरहेका हुन्छौं । कतिपय बेला हामी यस्तो वेबसाइटमा पुग्छौं, त्यसपछि विभिन्न किसिमका पपअप नोटिफिकेसन आउने गर्छ । कतिपय नोटिफिकेसन हाम्रा लागि काम लाग्दैन । 

यदि गुगल क्रोममा आउने नोटिफिकेसले हैरान हुनुहुन्छ भने यो टिप्स तपाईंका लागि काम लाग्न सक्छ । 

यसरी गर्नुहोस् बारम्बार आउने नोटिफिकेसन बन्द

  • आफ्नो कम्प्युटर र ल्यापटपमा गुगल क्रोम खोल्नुहोस्। 
  • माथि दायाँपट्टि रहेको सेटिङ  खोल्नुहोस्
  • साइट सेटिङमा गएर प्राइभेसी एण्ड सिक्योरिटीमा जानुहोस् । 
  • यहाँ नोटिफिकेसनमा क्लिक गर्नुहोस् ।
  • अब टगल अन गर्नुहोस्, यसपछि सबै वेबसाइटबाट आउने नोटिफिकेसन बन्द हुनेछ । 
  • तपाईंले युज क्विटर म्यासेजिङको प्रयोगबाट पनि नोटिफिकेसन बन्द गर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्