१० साउन २०८३, आइतबार

देउवा सरकारमा पठाउने नयाँ मन्त्रीबारे माओवादीले भोलि छलफल गर्ने

असोज १६, २०७८
देउवा सरकारमा पठाउने नयाँ मन्त्रीबारे माओवादीले भोलि छलफल गर्ने
फाइल फोटो

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको विषयमा भोलि आइतवार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ ।

शनिवारको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यबारे कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने, ‘आज त्यसबारेमा कुनै छलफल भएन । भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।’

बैठकमा अखिल क्रान्तिकारीको नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरू सबै आफैंमा योग्य भएकाले उनीहरूबारे छलफल भएको थियो । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिए । 

माओवादीका नेताहरूका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

विशेष समितिका रहने सदस्यबारे समेत बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतवार पुनः बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्