तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सक्रियता

चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले तस्करी सामान भण्डारण गरेर राखेका गोदाममा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।


Advertisement

तस्करी नियन्त्रणका लागि प्रहरीले निरन्तररूपमा तस्करी गर्ने पुराना तस्करको निगरानी गर्ने र तस्करी गरेको सूचना आउनासाथ नियन्त्रण गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्