२२ जेठ २०८३, शुक्रबार

अझै मन्त्रिपरिषद् विस्तार हुन सकेन

असोज १७, २०७८
अझै मन्त्रिपरिषद् विस्तार हुन सकेन

गत सोमबार राजनीतिक दलसम्बन्धी विधेयक खारेज भएपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलको थियो । तर, झन्डै एक साता भइसक्दा पनि अझै मन्त्रिपरषद् विस्तार हुने लक्षण देखिएको छैन । यसअघि मन्त्रिपरिषद् विस्तारमा राजनीतिक दलसम्बन्धी विधेयक र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीविद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनलाई प्रमुख अड्चनका रुपमा देखाइएको थियो ।

यतिखेर दुवै अड्चन हटिसकेको छ, राजनीतिक दलसम्बन्धी विधेयक खारेज भइसकेको छ भने एकीकृत समाजवादीविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि हाललाई एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुने बाटो खुलेको छ । तैपनि सरकार विस्तार हुन सकेको छैन ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाइसकेको दाबी गर्ने एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्रालयको भागवण्डा मिलेसँगै मन्त्रीहको नाम बुझाउन तयारी अवस्थामा रहेको बताए । नेपाल समाचारपत्रमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्