
यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन भने बाहिरिएको छैन । अक्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा मनसुनको प्रभाव अझै कामय रहेको छ।
अझै केही समय मनसुन कायम रहने सम्भावना प्रवल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको होे। यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ।
मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ। जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको मौसमविद् गङ्गा नगरकोटीको भनाइसहितको खबर गोरखापत्रले छापेको छ।