२३ जेठ २०८३, शनिबार

कांग्रेस तारकेश्वरका सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

कांग्रेस तारकेश्वरका सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।

सो पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १३५ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे ।

यस्तै  उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३),  सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७),सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४)मत प्राप्त गरी विजय भएका छन् ।

यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । उनले १५५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरेका थिए ।

यस्तै  उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०),  सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१),सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय भएको निर्वाचन समितिले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्