२७ जेठ २०८३, बुधबार

मोरङमा कोइराला पक्षको बर्चस्व कायमै

मोरङमा कोइराला पक्षको बर्चस्व कायमै

नेपाली कांग्रेस विराटनगरको सभापतिमा दीपक चापागाईँ विजयी बनेका छन् ।

१४औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगर समितिको शनिबार भएको अधिवेशनमा आकांक्षीहरु धेरै भएपछि चुनावी प्रक्रियाबाट नेतृत्व टुंगाइएको हो । चापागाईँले दुई सय १२ मत ल्याएर अन्य तिन जना आकांक्षीहरूलाई पछाडि पार्दै विजयी बनेका हुन् । 

आइतबार राति सकिएको मत परिणाम अनुसार चापागाईँका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपाने रहेका छन् ।

उनले  एक सय ६५ मत प्राप्त गरे भने सभापतिका अन्य प्रत्यासीहरूमा कृष्ण कार्कीले एक सय ३३ र अरुण न्यौपानेले एक सय २७ मत प्राप्त गरे । त्यसैगरी, विराटनगर महानगर समितिको नवनिर्वाचित सभापति चापागाईको टिममा निरोज कोइराला र इन्दु सुवेदी उपसभापति, झुमा निरौला र तेजिन्द्र भट्टराई, सचिव सचिन पोखरेल र दिवस नेपाल सहसचिवमा विजयी भएका छन् ।

शनिबार भएको नगरअधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो । मतगणना शनिबार साँझ सात बजेबाट सुरु भएको थियो ।

विराटनगरमा चापागाईँ शेखर कोइरालाका विश्वास पात्र मानिन्छन् । प्रदेश १ को एक मात्र महानगर विराटनगरको अधिवेशनलाई बिशेष महत्व दिएर हेरिएको थियो ।

 यस्तै कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् । दाहालले ७३ मत प्राप्त गरेका छन् भने  अर्का सभापतिका उम्मेदवार दीपक चौलागाईंले ७१ मत प्राप्त गरे । 

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् ।  राईले एक सय ३४ मत प्राप्त गरे भने भने अर्का सभापतिका उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत मात्र प्राप्त गर्नसके । 

कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी बनेका छन् । उनले ८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गर्नसके । 

धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन्  । पाण्डेले ८३ मत प्राप्त गर्दा सभापतिकै अर्का उम्मेदवार वासुदेव रायले ३७ मत प्राप्त गरे । 

जहदामा महेन्द्र मन्डल विजयी बनेका छन भने ग्रामथानमा तुलसी विश्वास विजयी बनेका छन्  । रगेलि नगरपालिकामा कांग्रेस नेतृत्वमा जगनाथ मण्डल विजयी बनेका छन् । 

त्यस्तै, सुनवर्षी नगरपालिका एक सय पाँच मत प्राप्त गर्दै कमल किशोर सिंह सभापतिमा निर्वाचित बनेका छन् । सभापतिका उम्मेदवार महेश्वर राजवंशीले ८९, वैजनाथ झाले आठ मत प्राप्त गरेका थिए  । 

बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी बनेका छन्  । उनका निकटतम प्रतिस्पर्धी शम्भु भट्टराईलाई २४ मत अन्तरले पराजित गर्दै लिम्बु विजयी बनेका हुन्  । लिम्बूले एक सय ३६ मत प्राप्त गर्दा भट्टराईले ९४ मत प्राप्त गरेका थिए ।

कांग्रेस सुन्दरहरैंचाको सभापतिमा भक्तिप्रसाद सिटौला विजयी भएका छन् । अर्का प्रत्यासी महेन्द्र धिमाललाई  १०२  मतको फराकिलो अन्तरले पराजित गर्दै सभापतिमा सिटौला विजयी बनेका हुन् । यसैगरी उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापतिसहितका पदाधिकारी सभापतिका लागि निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी इश्वर थापाले ५४ र लोक नाथ खरेलले ५८ मत प्राप्त गरेका थिए । बुढिगंगामा जितु थापा मगर 

उर्लावारीमा सुरेन्द्र लिम्बु केरावारीमा प्रकास बस्नेत जहदामा महेन्द्र मन्डल बिजयी रतुवामाइमा पोष्ट बहादुर बस्नेत सभापतिमा चयन भएका छन् । उनीहरु  सर्वसम्मत चयन भएका हुन् । 

मोरङलाई संस्थापन इतर समुहको पटक क्षेत्रका रुपमा लिने गरिएको छ । १७ स्थानीय तह रहेको मोरङमा ३ वटा पालिकामा मात्रै संस्थापन पक्षले जित हासिल गरेको छ भने १४ स्थानीय तहमा कोइराला पक्षले नेतृत्व लिएको छ । देउवा पक्षले नेतृत्व लिएको पालिकाहरु जहदा , धनपालथान र  ग्राम थान रहेका छन् । १४ पालिकामा कांग्रेस नेता शेखर कोइराला निकटका नेताहरुले जितेको जिल्ला स्तरका एक नेताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्