२१ असार २०८३, आइतबार

दशैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री

दशैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री
फाइल तस्वीर।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिने बताएका छन् । 

आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए । 

यसका लागि ४० लाख मोडेर्ना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । 

दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनको भनाइ छ । 

‘फागुनसम्ममा पटक–पटक गरेर फाइजर र मोडेर्ना आएर बालबच्चाका लागि पनि खोपको व्यवस्थापन हुनेछ । र, क्रमिक रुपमा देशभर खोप लगाइने जानकारी गराउन चाहन्छु,’ उनले भने । 

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनको भनाइ छ । 

बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्