
आइतवार शेयर बजारमा ५५ अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक ५५.९३ अंकले घट्दै २५७७.४९ विन्दुमा झरेको हो ।
आइतवार सेन्सेटिभ परिसूचक ११.०७ अंकले गिरावट आएको छ ।
यस दिन यस्तो परिसूचक ४८५.९८ विन्दुमा झरेको छ ।
कुल २ सय ३२ कम्पनीको ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन १३ वटै समूहहरूको सूचक ऋणात्मक बनेको छ ।
आइतवार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर सर्किट लेभलमा कारोबार भएको छ ।
यस्तै रैराङ हाइड्रोपावर कम्पनी लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।