
भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले लद्दाख र उत्तराखण्डमा चिनियाँहरूले अतिक्रमण गरेको भन्ने आरोपलाई आधार बनाउँदै मोदी सरकारको आलोचना गरेका छन् ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको ५६ इन्चको छाती सम्बन्धी टिप्पणीलाई पनि व्यंग्य गरेका छन् ।
आइतवार एक ट्वीट गर्दै उनले लेखे– चीन जोड पाकिस्तान जोड ५६ इन्च बराबर भारतीय भूमिमा चीनको बढ्दो अतिक्रमण ।
चीन + पाकिस्तान + Mr 56”
— Rahul Gandhi (@RahulGandhi) October 3, 2021
=
भारत भूमि पर बढ़ता चीनी क़ब्ज़ा।#Ladakh #Uttarakhand pic.twitter.com/7rel1NFE6M
गत अगस्ट ३० मा चिनियाँ जनमुक्ति सेनाका १०० जनाजति सैनिकले वास्तविक नियन्त्रण रेखा पार गरेर भारतको उत्तराखण्डमा रहेको बाराहोती सेक्टरमा केही घन्टा बिताएर फर्केको बताइएको छ ।
चिनियाँ अतिक्रमणका विषयमा भारत सरकारले आधिकारिक टिप्पणी गरेको छैन ।
पूर्वी लद्दाख लगायत विभिन्न क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरूबीच आमनेसामनेको स्थिति कायम रहँदा पछिल्लो घटना भएको हो ।
चीनले भारतको एक इन्च जमीनमा पनि अतिक्रमण नगरेको भनी पोहोर साल मोदीले बयान दिएका थिए ।