१६ असार २०८३, मंगलबार

कुनै हावाको झोक्काले हाम्रो विजयी यात्रालाई प्रभावित पार्न दिन हुँदैन : ओली

कुनै हावाको झोक्काले हाम्रो विजयी यात्रालाई प्रभावित पार्न दिन हुँदैन : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हावाको झोक्काले पार्टीको विजयी यात्रालाई प्रभावित गर्न दिन नहुने बताएका छन् । 

विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘देश अब बन्न सकेन भने अरूलाई दोष देखाएर बस्ने होइन, जनताको विश्वास र साथ हामीलाई छ । कुनै हावाको झोक्काले हाम्रो विजय यात्रालाई प्रभावित गर्न दिनु हुँदैन ।’

उनले आफूहरूले जित्दै जाने पनि   बताएका छन् । ‘अब भविष्यमा एक दिन जित्नेछौं भन्ने अवस्थामा होइन । हामी जित्दैछौं, जितेर आएका छौं फेरि पनि जित्ने छौं । अबको दिनमा जित्दै जानेछौं,’ उनले भने । 

यस्तै उनले यति ठूलो संख्यामा महाधिवेशनको बन्द सत्र नेपालको इतिहासमै पहिलो भएको पनि दाबी गरे । 

उनले एमालेप्रति चौतर्फी हमला भइरहेको बताएका छन् । ‘विचार, संगठनमाथि हमला भएको छ । एमालेको महाधिवेशनमा झण्डा, ब्यानर, तामझाम देखियो रे अनि छाती पिट्छन विरोधीहरू,’ उनले भने, ‘हामी व्यक्ति पूजक, मूर्ति पूजक होइनौँ । हामी कमिटी प्रणाली, सामूहिक नेतृत्वमा विश्वास गर्छौं । अध्ययनसाथ छलफलमा जुट्छौँ । त्यसबाट आएको निष्कर्षको व्यवहारिक प्रयोग गर्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्