२१ असार २०८३, आइतबार

कोरोना अपडेट : थपिए ६७९ संक्रमित, ७ जनाको मृत्यु

कोरोना अपडेट : थपिए ६७९ संक्रमित, ७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२० नमूना परीक्षणमध्ये ५७४ पीसीआर र १०५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १६४ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ४०५ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ । 

हाल मुलुकभर १६ हजार ८०४ सक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्