२५ जेठ २०८३, सोमबार

यातायात कार्यालयबाट दुई बिचौलिया पक्राउ

यातायात कार्यालयबाट दुई बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट २ जना बिचौलिया पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४, नख्खीपोटका ३० वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–१३ कुसुन्तीका २३ वर्षीय सुरज गुप्ता रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । 

लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने गरेकाले उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनका अनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरेर लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको हो । 

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोसाकमा खटिएको टोलीले आफैं सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ ।

पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्