३१ जेठ २०८३, आइतबार

इटालीमा भएको विमान दुर्घटनामा आठ जनाको मृत्यु

असोज १८, २०७८
इटालीमा भएको विमान दुर्घटनामा आठ जनाको मृत्यु
तस्वीरः रोयटर्स

इटालीको मिलान क्षेत्रमा आइतवार भएको सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो । 

सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो वस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो ।

उक्त जहाजका चालक, सहचालक र अरू ६ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ । सो जहाज दुर्घटनामा परेर निधन भएकामा एक जना इटालियन नागरिक पनि छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ ।

यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । वस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरू निकै आतंकित भएका छन् । 

प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरू सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ । रासस-सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्